घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण

२३ फाल्गुन २०७९ संवाददाता 77


बैतडी-
बैतडीको मेलौली  नगरपालिका– ८ ले  घरघरमै   गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको  छ । अशक्त, वृद्धवृद्धाहरुलाई बैँक सम्म पुग्न असहज हुने गरेको गुनासोलाई मध्यनजर गर्दै वडाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।  कुमारी  बैँकका कर्मचारीको सहयोगमा घरघरमै गएर समाजिक सुरक्षा भत्ता वितरण गरेको वडा अध्यक्ष तपेन्द्र सिंह विष्टले  बताउनुभयो ।

 
चालु आर्थिक वर्षको  ६ महिनाको  सामाजिक सुरक्षा भत्ता घरटोलमै  गएर  वितरण गरिएको  उहाँले बताउनुभयो । 
 



जवाफ छाड्नुस्