गिट्टी कुट्ने श्रमिक महिलाहरुलाई छोएन नारी दिवसले
२४ फाल्गुन २०७९
मोहन चन्द
177

बैतडी- ११३ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस देश तथा विश्वमा विभिन्न कार्यक्रम गरि मनाईरहदा यहाँका गिट्टी कुट्ने महिलाहरुलाई भने यो दिवसले छाएको छैन् । दिनभरी गिट्टी नकुटे साँझ खान नपुग्ने यहाँका केही महिलाहरुलाई दिवसले नछाएको हो ।
केही महिलाहरुले धुमधामसंग दिवस मनाइरहदा यहाँका सडक किनाराहरुमा केही महिलाहरुभने गिट्टी कुट्नमै व्यस्त थिए ।
प्रत्येक मार्च ८ तारिखका दिन मनाईने अन्तराष्ट्रिय श्रमिक महिला दिवस यहाँका सबै स्थानीय तहले धुमधामसंग मनाएका छन् । विगतमा पनि यस्ता थुप्रै कार्यक्रमहरु भए तर श्रमिक महिलाहरुको दैनिकीमा खासै परिवर्तनन हुन सकेको छैन् ।
महिला दिवस मनाई रहँदा गिट्टीकुटने श्रमिक महिलाहरुलाई भने यो दिवसको कुनै भाननै भएको छैन् । सधै मज्दुरी गरिखाने महिलाहरुलाई एक दिनको एस उल्लासले कुनै प्रभाव पारेको छैन् ।
यस्ता दिवस र कार्यक्रमहरु हुनेखाने र सम्पन्न महिलाहरुको लागि मात्र हुने गरेको श्रमिक महिलाहरुको बुझाई छ । दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै ति कार्यक्रमहरुमा बोलिने भाषणहरु व्यवहारिक रुपमा कार्यान्वयन नहुदा वास्तविक श्रमिक महिलाहरुलाई दिवसको वास्ता हुदैन् ।

‘नेताका भाषणले खान पुग्नेभए, रोजगारी पाउनेभए हामीमपनि दिवस हेर्न जान्थ्यौ, तर हामीलाई ढुङ्गमा हातौडो नहिर्काइ खान पुग्दैन् ।’ श्रमिक महिला रुकमणी भुलले भन्नुभयो । ‘हाम्रा गिट्टी फोड्न्या दिन हमै सित छन्, हुन्याखान्यान् नाच्चैपै¥यान ।’
रुकमिणीजस्तै वास्तविक श्रमिक जो दैनिक ज्यालादारीमा काम गर्छन उनिहरुलाई साँचिक्कै दिवसभन्दा पनि साँझको छाक टार्न चारो खोज्न जानुपर्ने बायता विद्यमान छ । अरु महिलाहरुले नाचगान गरिरहँदा रुकमिणीहरु गिट्टी कुट्नमै व्यस्त थिए । ढुंगा र हतौडाको संगत रुकमिणीहरुको रहर होइन बाध्यता हो ।
अधिकारकर्मी, नेता, जनप्रतीनीधीहरु र संघसस्थाका कर्मचारीहरुले श्रमिक बर्गको बारेमा उल्लेख्य काम गरेको दाबी गरेपनि यहाँका महिलाहरुको दैनिकीमा परिवर्तन हुन सकेको छैन् ।