बैतडीका सबै स्थानीय तहले मनाए नारी दिवस

२४ फाल्गुन २०७९ मोहन चन्द 112

बैतडी- बैतडीका सबै स्थानियतहमा विभिन्न कार्यक्रमका साथ ११३ अन्तराष्टिय महिला दिवस मनाइएको छ । लैंगिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ सबै स्थानीयतहरुले दिवस मनाएका हुन् ।
 
दसरथचन्द नगरपालिकाले स्थानीय झाँकी संगै गढीबाट र्याली सहित गोठलापानी बजारमा नगर उपप्रमुख कौसिला चन्दको अध्यक्षतामा कार्यक्रम गरेको थियो । कार्यक्रममा जनचेतनामुलक देउडा प्रतियोगिता, सगुनफाग सहित विभिन्न कार्यक्रम गरेको थियो ।
 
महिला दिवसको कार्यक्रममा बोल्दै उपप्रमुख चन्दले एकदिनको यो दिवसले केही नपुग्ने भएपनि महिलाहरुको क्षमता विकासका लागि आफु सक्दो प्रयास गर्ने बताउनु भयो ।
 
यस्तै पञ्चेश्वर गाउँपालिकाले सबै वडामा महिला हिंशा मुक्त सम्बन्धी देउडा प्रतियोगिता, बक्तत्वकला गरि दिवस मनाएको गाउँपालिका उपाध्यक्ष विना भट्टले बताउनु भयो । शिवनाथ गाउँपालिकाले सुदूरपश्चिमका देवडा कलाकार बोलाएर विभिन्न प्रस्तुती गरि दिवस मनाएको गाउँपालिकाले जनाएको छ । 
 
यस्तै जिल्लाका अरु स्थानीयतहरुले पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाएको स्थानीयतहरुले जनाएका छन् । महिलाहरुले आफै परिवर्तन हुने र यसमा पुरुषहरुले पनि सहयोग गर्नुपर्ने दिवसमा बोल्नेहरुले बताउनुभयो ।
 



जवाफ छाड्नुस्