ग्रीन परियोजनाको सिकाई आदान प्रदान

२६ फाल्गुन २०७९ मोहन चन्द 94

बैतडी- सथानीय विपद जोखिम तथा जलवायु उत्थानशील योजनाको प्रारम्भिक मस्यौदाबारे छलफल तथा गोष्ठी गरि ग्रीन परियोजना बैतडीले सिकाई आदान प्रदान गरेको छ । 
 
अक्सफामको सहयोग र माउन्टेन रिसर्च एण्ड डेभलपमेन्ट फाउन्डेसन काठमाण्डौको सहजीकरण र दसरथचन्द नगरपालिकाको सहयोगमा सिकाई आदान प्रदान कार्यक्रम गरिएको हो ।
 
ग्रीन परियोजनाले दसरथचन्द र पाटन नगरपालिकामा काम गर्दै आएको छ । परियोजनाले महिला ससक्तीकरण, महिला क्षमता अभिवृद्धी गरि महिलाहरुलाई आत्मनिर्भर बनाई रहेको छ । यसका संगसंगै कृषकहरुलाई बाली विमा पशु विमा सम्बन्धी जानकारीका साथै विमा सहयोग, विभिन्न तरकारीको विउविजन दिई विउलगाउने तरिका पनि सिकाउँदै आइरहेको छ ।
 
यस्तै परियोजनाले जलवायु उत्थानसम्बन्धी पनि कार्य गर्दै आइरहेको छ । माउन्टेन रिसर्च एण्ड डेभलपमेन्ट फाउन्डेसन काठमाण्डौँले सथानीय विपद जोखिम तथा जलवायु उत्थानशील योजनाको प्रारम्भिक मस्यौदाबारे छलफल गराएको थियो ।
 
सहयोगी सस्थाँले स्थानीय सरकारको भन्दा पनि राम्रो काम गरेको र नगरपालिकाले संघसस्थाको कामलाई निरनतर्ता दिनु पर्ने दसरथचन्द नगरपालिका उपप्रमुख कौसिला चन्दले बताउनु भयो ।
 



जवाफ छाड्नुस्