बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्षमाथि कार्यकक्षमै कुटपिट

२६ फाल्गुन २०७९ संवाददाता 115


बैतडी -  बैतडीको  पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्षलाई कार्यकक्षमै कुटपिट गरिएको छ । बाटोबाटै गाली गर्दै पछिपछि आई कार्यकक्षमै आएर कुटपिट गरेको उपाध्यक्ष बिना भट्टले बताउनुभयो ।
 
उनले आफूमाथि सोही गाउपालिका- ३ बस्ने दिपक बहादुर चन्दले २५ गते दिउँसो ३ बजेर २० मिनेटको समयमा बिधुतिकरणको विषयमा मादक पदार्थ सेवन गरि कार्यकक्षमै आएर कुटपिट गरेको आरोप लगाएका छन् ।
 
कुर्सीमा बसेको बेला मलाई लछारपछार गरि हातमा लिएको फलामको प्लासले आफूलाई कुटपिट गरेको उनको आरोप छ । यस्तै उनले ज्यान मार्ने धम्कीसमेत दिएको हुदाँ निजमाथि आवश्यक छानविन गरि गराई कारबाहीका लागि गाउँपालिका राष्ट्रिय महासंघ नेपाललाई निवेदन दिएकी छन् ।
 
चन्दको विरुद्धमा जिल्ला प्रहरी कार्याललय बैतडीमा पनि कार्बाहिको लागि निवेदन दिन जानलागेको उपाध्यक्ष भट्टले बताउनुभयो ।



जवाफ छाड्नुस्