बैतडीमा बढदै महिला हिंसा

२८ फाल्गुन २०७९ मोहन चन्द 125

बैतडी- बैतडीमा महिला हिंसाका घटना प्रत्येक वर्ष बढिरहेका छन् । महिला हिंसा न्युनीकरणका लागि संघसंस्था र स्थानीयतहले उल्लेख्य काम गरिरहेका दाबी गरेपनि घटना न्युनीकरण भइरहेका छैनन् ।
 
संघसस्थाहरुले र स्थानीय तहले महिला हिंसा न्युनीकरणका घटना कम गर्नको लागि विभिन्न कार्यक्रम संचालन गरे पनि घटना घट्नुकाे साटाे बढिरहेका छन् । 
 
गत बर्षको भन्दा चालु बर्षको ८ महिनामै महिला हिंसाका घटना बढेको जिल्ला प्रहरी कार्यालय बैतडीको महिला सेलको तथ्यांकमा उल्लेख छ ।
 
गत आर्थिक बर्षमा घरेलु हिंशाका २९ र लैंङ्गिक हिंशाका १७ गरी ४६ घटना दर्ता भएका थिए जसमा ४४ मिलापत्र गरिएका थिए ।
 
चालु आर्थिक बर्षको फागुन सम्म घरेलु हिंसाका ५४ र लैंङ्गिक हिंसाका १० गरि ६४ महिला हिंशाका घटना प्रहरीको महिलासेलमा दर्ता भएका छन् । जस मध्ये ५९ घटना मिलापत्र भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीको महिला सेलले जनाएको छ । 
 
महिला सम्बन्धीका विभिन्न कार्यक्रमबाट पछिल्लो समय महिलाहरु हिंसाको अवाज उठाउन सक्ने भएकाले पनि हिंसाका घटना बाहिरी आएको संघसस्थाको दाबी छ ।  
 
घरेलु हिंसा भएमा स्स्थानीयतह, प्रहरी, महिला आयोग र सिधै अदालत जानसक्ने कानुनी प्रवधान रहेको छ । बैतडीमा भने हिंसा पिडित स्थानीय तह भन्दा पनि प्रहरीकोमानै बढि आउने गर्दछन् ।



जवाफ छाड्नुस्