छैनन् उपभोक्ता सचेत
०१ चैत्र २०७९
मोहन चन्द
58
बैतडी : हरेक मार्च १५ तारिखकादिन विश्व उपभोक्ता दिवस मनाईन्छ । नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरि विश्व उपभोक्ता दिवस मनाईएको छ ।
स्वच्छ उर्जामार्फत उपभोक्ताको सशक्तिकरण भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग विकास कार्यालय बैतडीको अगुवामा बैतडीमा पनि यो दिवस मनाइएको छ ।
समान किन्दा लेवल उपभोग्य म्याद नहेरी किन्ने बानीले गर्दा उपभोक्ताहरु गुणस्तरहिन समान किन्न बाध्य हुन्छन् । यसकालागि उपभोक्तानै सचेतहुनुपर्ने सरोकारवालाहरु बताउछन् ।
गुणस्तरको विषयमा सवभन्दा पहिला उपभोक्तानै सचेत हुनुपर्ने प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले बताउनु भयो ।
समय समयमा बजार अनुगमन गर्दापनि बैतडीका बजारहरुमा म्याद सकिएका र अखाद्यबस्तु प्रसस्तमात्रमा पाईन्छन् । अहिले बाजार अनुगमनको अधिकार स्थानीयतहलाई भएपनि स्थानीयतह यस विषयमा मौन रहेका छन् । यसले गर्दापनि सोझासिधा उपभोक्ता ठगिने गर्दछन् ।