गिट्टी कुट्ने श्रमिक महिलाहरुलाई छोएन नारी दिवसले

२४ फाल्गुन २०७९ मोहन चन्द 339


बैतडी-
११३ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस देश तथा विश्वमा विभिन्न कार्यक्रम गरि मनाईरहदा यहाँका गिट्टी कुट्ने महिलाहरुलाई भने यो दिवसले छाएको छैन् । दिनभरी गिट्टी नकुटे साँझ खान नपुग्ने यहाँका केही महिलाहरुलाई दिवसले नछाएको हो । 

 
केही महिलाहरुले धुमधामसंग दिवस मनाइरहदा यहाँका सडक किनाराहरुमा केही महिलाहरुभने गिट्टी कुट्नमै व्यस्त थिए । 
 
प्रत्येक मार्च ८ तारिखका दिन मनाईने अन्तराष्ट्रिय श्रमिक महिला दिवस यहाँका सबै स्थानीय तहले धुमधामसंग मनाएका छन् । विगतमा पनि यस्ता थुप्रै कार्यक्रमहरु भए तर श्रमिक महिलाहरुको दैनिकीमा खासै परिवर्तनन हुन सकेको छैन् ।  
 
महिला दिवस मनाई रहँदा गिट्टीकुटने श्रमिक महिलाहरुलाई भने यो दिवसको कुनै भाननै भएको छैन् । सधै मज्दुरी गरिखाने महिलाहरुलाई एक दिनको एस उल्लासले कुनै प्रभाव पारेको छैन् ।



यस्ता दिवस र कार्यक्रमहरु हुनेखाने र सम्पन्न महिलाहरुको लागि मात्र हुने गरेको श्रमिक महिलाहरुको बुझाई छ । दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै ति कार्यक्रमहरुमा बोलिने भाषणहरु व्यवहारिक रुपमा कार्यान्वयन नहुदा वास्तविक  श्रमिक महिलाहरुलाई दिवसको वास्ता हुदैन् ।  

 
‘नेताका भाषणले खान पुग्नेभए, रोजगारी पाउनेभए हामीमपनि दिवस हेर्न जान्थ्यौ, तर हामीलाई ढुङ्गमा हातौडो नहिर्काइ खान पुग्दैन् ।’ श्रमिक महिला रुकमणी भुलले भन्नुभयो ।  ‘हाम्रा गिट्टी फोड्न्या दिन हमै सित छन्, हुन्याखान्यान् नाच्चैपै¥यान ।’


 
रुकमिणीजस्तै वास्तविक श्रमिक जो दैनिक ज्यालादारीमा काम गर्छन उनिहरुलाई साँचिक्कै दिवसभन्दा पनि साँझको छाक टार्न चारो खोज्न जानुपर्ने बायता विद्यमान छ । अरु महिलाहरुले नाचगान गरिरहँदा रुकमिणीहरु गिट्टी कुट्नमै व्यस्त थिए । ढुंगा र हतौडाको संगत रुकमिणीहरुको रहर होइन बाध्यता हो ।

अधिकारकर्मी, नेता, जनप्रतीनीधीहरु र संघसस्थाका कर्मचारीहरुले श्रमिक बर्गको बारेमा उल्लेख्य काम गरेको दाबी गरेपनि यहाँका महिलाहरुको दैनिकीमा परिवर्तन हुन सकेको छैन् । 



जवाफ छाड्नुस्