दुना टपरीबाट आत्मनिर्भर बन्न खोज्दै महिला
२७ फाल्गुन २०७९
मोहन चन्द
624
बैतडी : पछिल्लो समय महिलाहरु हरेक काममा सहभागी हुन खोजी रहेका छन् । हरेक कामको लागि पूरुषको मात्र साहारा खोज्ने महिला पछिल्लो समय पुरुषको जस्तै कामगर्न तयार भएका छन् ।
बैतडीका महिला गाउँघरमै उपलव्धहुने कच्चा पदर्थको सदुपयोग गरि दुना टपरी उद्योगबाट आत्मनिर्भर बन्न खोजिरहेका छन् ।
बैतडीको दसरथचन्द नगरपालिका ६ का महिलाहरु गाउँघरमै दुना टपरी उद्योग खोलेर आत्मनिर्भर बन्ने योजनामा रहेका छन् । गाउँघरमै पाईने सालका पातहरुलाई सदुपयोग गरि उनीहरुले दुना टपरि उद्योग स्थाप्ना गरेका छन् ।
उद्योग स्थाप्ना गर्न र उनीहरुलाई प्राविधिक सहयोग भने अक्सफाम नेपालको आर्थिक सहयोगमा रुडेस सस्था बैतडीले गरेको थियो ।
सस्थाले आफुहरुलाई तालिम दिएर दुना टपरि बनाउन सिकाएको र अब अरु महिलाहरुलाई पनि दुना टपरी बनाउन सिकाई आत्मनिर्भर बन्ने लक्ष लिएको दुनाटपरीको तालिम गरेर आएकी महिला भागरथी जोशीले बताउनु भयो ।
सस्थाले निरपाल महिला शसक्तीकरण गठन गरि सामुहीक रुपमा महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि उद्योगमा सहयोग गरेको ग्रिन परियोजना बैतडीका कार्यक्रम संयोजक गोपाल भाटले बताउनुभयो ।
आफुलाई फुर्सदहुने समयमा महिलाहरु उद्योगमा आएर दुना टपरी बनाउने गर्दछन् । दुना टपरि निर्माण गरिसकेपछि बजारीकरण गर्नको लागि र थप मेसिन खरिदको लागि उनीहरुले नगरपालिकालाई अनुरोध समेत गरेका छन् ।
लिखितरुपमा सामुहिकको मागलिएर आए नगरपालिकाले मेसिन खरिदमा सहयोग गर्ने नगरपालिका प्रमुख प्रशासिकय अधिकृत विक्रम चन्दले बताउनु भयो ।
यस्तै सस्थाले भकारो सुधार र तरकारी खेतीमा पनि आर्थिकर प्राविधिक सयोग गर्दे आइरहेको छ । नगरपालिकाले पलाष्टीक मुक्त नगरपालिका घोषणा गरेमात्र दुना टपरीले बजार पाउने सम्भावाना देखिन्छ । यसको लागि नगरपालिकाले आवस्यक पहल गर्नुपर्ने देखिन्छ ।