सिमित श्रोत साधनमा पनि गुणस्तरीय सेवा दिइरहेकाे आधारभूत स्वास्थ्यचाैकी

०३ चैत्र २०७९ मोहन चन्द 446
पहिला भिडियो हेर्नुहोस ! 


बैतडी- बैतडीको पाटन नगरपालिका– ९ मा रहेको आधारभुत स्वास्थयचौकीले सिमित श्रोत साधनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीको अनुगमनको क्रममा उक्त स्वास्थ्य चौकीले न्यून श्रोत साधनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको पाइएको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेश भट्टले बताउनुभयो ।
  
जिल्लाको ८४ वडामध्येकै यस स्वास्थ्य चौकीले  उत्कृष्ट सेवा दिइरहेको भट्टको भनाई छ ।  उहाँले भन्नुभयो ‘थोरै श्रोत साधनमा पनि यो स्वास्थ्यचौकीले राम्रो सेवा दिइरहेको छ ।’
 
दैनिक १५ देखी २० जना सेवाग्राहिले सेवा लिने गरेको सो स्वास्थ्य संस्थामा जनशक्ती समेत सिमित मात्रामा छ ।
 
अनुगमनका क्रममा स्वास्थ्यचौकी पुगेका प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले समेत उक्त स्वास्थ्यचौकीको प्रसंसा गरेका छन् । प्रमुख जिल्ला अधिकारी पन्थीले भन्नुभयो ‘सिमित श्रोतसाधनमा पनि यो स्वास्थ्य चौकीले राम्रो सेवा दिइरहेको छ । सिमित बजेट भएकाले स्वास्थ्यचौकीको विकासका लागि नगरपालिका र अन्य निकायले बजेट लगायत आधारभुत उपकरणको व्यवस्था गर्नुपर्छ ।’
 
आधारभुत स्वास्थ्य चौकीले ठाउँ थोरै भएपनि सबै सरसमाना र औषधी मिलाएर राखिएको, प्रसुतीको व्यवस्थापन छुट्टै गरिएको, उपाचार कक्ष छुट्टै मिलएर राखिएको छ । प्रसस्त संन्देशमुलक सामाग्रीहरुको व्यवस्था गरिएको साथै सरसफाइ समेत राम्रो गरेको पाइएको छ ।
 



जवाफ छाड्नुस्