बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु
१४ चैत्र २०७९
संवाददाता
244

बैतडी- बैतडीमा भीरबाट लडेर २३ वर्षीय युवकको मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका-६ भूमीराज मुडेलीका २३ बर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर मृत्यु भएको हो।
सोमबार राति घर आउने क्रममा भीरबाट लडेर झण्डै ५० मिटर तल खसेका साउँदको घटनास्थलमै मृत्यु भएको स्थानीय विजय साउँदले बताएका छन्। मृतक साउँदको घरमा १० महिने छोरा र श्रीमति रहेका छन् ।