सत्तालाई गिज्याइरहेका सिपाहीका शालिक

‘अपेक्षा फलको छैन, सधै कर्तव्य चिन्तन, आहुती प्राणको दिने तिमिमा अभिनन्दन’

बैतडी- मृतक सिपाही रमेश सिंह साउदका बुढा बुवा आत्माराम साउद राजमार्ग अन्र्तगत पर्ने निङ्लाडी खोलाको धुम्तिमा छोराका शालिक बनाइरहेका थिए । उनको अनुहारमा उज्यालो थिएन्, सुन्निएका आँखा, चाउरी परेको अनुहार र कमजोर शरीरले उनिको पुत्रशोक प्रतिविम्वित गरिरहेको थियो । जेनतेन डेढ लाख खोजेर उनि छोरा रमेशको शालिक बनाउन दार्चुलाबाट एक दिनको बस यात्रा गर्दै दशरथचन्द राजमार्गमा पर्ने थुममा पुगे । एक हप्ता डेरा गरेर बसेका साउद घुम्तिमा छोराको शालिक उभ्याएर घर फर्किए । देशमा शासन गर्नेहरुलाई सत्तामा पु¥याउन मरेका उनको शालिक भने परिवारले बनाउनुपर्ने, त्यो पनि आफ्नै खर्चमा ? कस्तो बिडम्बना ।

मृतक प्रहरी जवान रमेश सिंह साउदका बुबा आत्माराम साउद
दशरथचन्द राजमार्गको घुम्तिमा ठंरङ्ग उभियाका सच्चा सिपाहीहरुका शालिकहरु वास्तविकजस्तै लाग्छन् । निलो वर्दीमा उभिएका शालिकहरुले सरकार र सत्ताधारीलाई प्रश्न गरिरहेको हुनुपर्छ ‘हामीले ज्यान गुमायौँ,तपाँईलाई सत्तामा पु¥याउन तर शालिक बनाउने खर्च परिवारले छाक घटाएर व्यहोरिरहेको छ, के यत्तिपनि सकिन्थेन ?’ प्रश्न बारम्बार सोधिरहेको जस्तो लागेपनि उनिहरुको प्रश्न अनुत्तरित छ ।
बेलाबखत शालिक उभिएकै राजमार्गमा झण्डावाल गाडीहरु समेत घुइकिन्छन् । तर उनिहरुको बारेमा चासो राख्ने सायदै होलान् । आत्माका आँखाहरुले उनिहरुलाई मृत्यु भइसकेपछि पनि डिउटीमानै देख्छन् ।
पाटन नगरपालिका–४ निङ्लाड धुम्तिमा परिवारले बनाएका मृतक सिपाहीहरुका शालिकहरु

कुरा प्रदेश र प्रतिनिधिसभा निर्वाचन २०७९ मा अनिदो रहेर मतपेटीका ल्याउने क्रममा सडक दुर्घटनामा परेर ज्यान गुमाएका पाँच सच्चा प्रहरीहरुको हो । दुर्घटनामा मृत्यु भएको दुई वर्षपछि प्रहरीका परिवारले पाटन नगरपालिका-४ थुम नजिक निङ्लाडी खोलाको धुम्तिमा शालिक बनाएका छन्, उनिहरुजस्तै । लाजमर्दो कुरा के भने, निर्वाचनको वेलामा आँखा चिम्म समेत नगरि अहोरात्र खटिएका सिपाहीहरुको शालिक सरकारले तथा कुनै अन्य निकायले बनाएको होइन्, परिवारले आफ्नै खर्चमा बनाएका हुन् । मृतक रमेश सिंह साउदका बुबा आत्माराम साउदले भन्नुभयो ‘छोरालाई सम्झेपछि हृदय च्यातिन्छ, तर के गर्ने सहनै प¥यो । सरकारले उनिहरुको सडक शालिक सम्म बनाइदिएको भए, उनिहरुको आत्माले पनि शान्ति पाउथ्यो होला ।, हामीले शहीद घोषणको आशा राखेका होइनौँ ।’ तर यसमा प्रहरी संगठन र सरकार कसैले पनि वास्ता गरेन् ।

दिपायल सिलगढी नगरपालिका-२ का प्रहरी सहायक हवल्दार स्वर्गीय अर्जुन बहादु कठायत, अजयमेरु-४ मड डडेल्धुराका प्रहरी जवान स्वर्गीय धिर्क बहादुर विष्ट, दिपायल सिलगढी नगरपालिका- १ तिखा डोटीकी प्रहरी जवान स्वर्गीय पुतली खड्का, शैल्यशिखर नगरपालिका-९ बसकोट दार्चुलाका प्रहरी जवाल स्वर्गीय रमेश बहादुर साउद र महन्याल-४ कैलालीका स्वर्गीय लोक बहादुर बाठामगरले ०७९ मंसिर ४ गते निर्वाचन सम्पन्न पश्चात मध्यराती मतपेटीका सदरमुकाम पु¥याएर फेरी मतपेटीका ल्याउन जाने क्रममा पाटन नगरपालिका- ४ निङ्लाडी खोलामा भएको दुर्घटनामा ज्यान गुमाएका थिए । निर्वाचनको प्रेसर र चालक अनिदो भएका कारण गाडी दुर्घटना भएको थियो ।

This image has an empty alt attribute; its file name is IMG_5630-1024x682.jpg
दुर्घटनामा परेको जीप, जसमा पाँच प्रहरीहरुको मृत्यु भएको थियो ।

मंसिर ४ गते सम्पन्न निर्वाचनको परिणामले अथवा भनौँ तिनै मतका बाकसहरुमा भएका मतले दुई पटक सत्ता फेरीसकेको छ । त्यो सानो घटना सत्तामा बसेकाहरु र विशाल भनिएको संगठनलाई याद नहुनुपनि स्वभाविक होला तर मृतकका परिवारले उनिहरुलाई विर्सनै सक्दैनन् ।

प्रतिक्रिया छाेड्नुहाेस्