बैतडीका निजी गाडीधनिले यात्रुहरुबाट चर्को भाडा असुल्दै
०१ जेठ २०८०
बिन्दु चन्द
327
बैतडी– बैतडीमा गाडी धनिहरुले चर्को भाडा असुल्ने गरेका छन् । निजी सवारी संञ्चालकहरुले यात्रुहरुबाट चर्को भाडा असुलीरहेको गुनासो गरिएको छ ।
छोटो दुरीमा पनि दोब्बर रुपमा भाडा लिँदा सास्ती खेप्नु परेको एक जना यात्रु अशोक चन्दले बताए।
उनले भने, “सवाी चालकहरुले मनपरि रुपमा भाडा लिन्छन् । जानै पर्ने हुँदा बाध्य भएर दोब्बर भाडा तिर्नुपर्छ।”
एक घण्टा लाग्ने बाटोमा १ हजार १२ सय बढी भाडा लिने मेलौली बसपार्कमा भेटीएकी सरश्वती पोखरेलले बताइन् ।
उनले भनिन्, “एक घण्टा लाग्ने बाटोमा पनि एक जार भन्दा बढी भाडा लिन्छन् । कहिले काहीँ त्यति धेरै खर्च हुँदैन । केही कामकाजले जानुपरे पनि ४।५ घण्टा हिँड्नु पर्छ । सम्बन्धित निकायले भाडादर तोकीदिए सर्वसाधारणले सास्ती खेप्नु पर्थेन् । दोब्बर,तेब्बर रुपमा भाडा लिँदा धेरै सास्ती खेप्नु परेको छ।’’
बिरामी हुँदा झन सास्ती खेप्नुपरेको हजारी पोखलेले गुनासो गरे । उनी भन्छन्, “श्रीमती बिरामी भएर अस्पताल लग्नु परेको छ । उपचारको खर्च भाडा तिर्न मै लागिहाल्छ । उपचार के ले गर्ने ?’’
“यहाँबाट धनगढी महेन्द्रनगर जान सस्तो भाडा छ । सदरमुकाम जान महगोँ, उनले दुखेसो पोखे ।’’
सवारी चालक तथा गाडी धनिहरुले मनपरि रुपमा भाडा असुलीरहेको भएपनि सम्बन्धित निकायले वेवास्ता गरिरहेको गुनासो गरिएको छ ।
तर जिल्ला प्रसाशनले भने भाडादर तोकेको जनाएको छ । तोकीएको बढी भाडा असुलेको पाइए कारबाही जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शकंर बोहराले बताए ।
उनले दोब्बर भाडा लिए सम्बन्धित निकायलाई जानकारी गराउन समेत आग्रह गरे ।