कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा दार्चुलाका धामी नियुक्त
१३ जेठ २०८०
संवाददाता
141
दार्चुला– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विक्रमसिंह धामी नियुक्त भएका छन् । शुक्रबार कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले धामीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
दार्चुलाबाट प्रदेश सभा सदस्यमा निर्वाचित धामी कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलमा नियुक्त भएका नेपाली कांग्रेस डिलाशैनी गाउँपालिकाका सभापति जयानन्द जोशीले बताए ।
धामीलाई नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्ति गरेको दलका नेता दलका नेता शाहद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।