बैतडीको पञ्चेश्वरमा बाघको आक्रमणबाट एक किशोरी घाइते

२१ भदौ २०८० बिन्दु चन्द 509


बैतडी– बैतडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । 
 
जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ बगरेठिका जयराम लुहारकी अन्दाजी १६/१७ वर्षीया छोरी पुजा लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
 
आज नजिककैको रोल जंगलमा घाँस काट्न गएको समयमा उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।
 
१२ः४५ बजेको समयमा उनलाई बाघले आक्रमण गरि घाइते बनाएको बताइउको छ । उनको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारका लागि मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइरहेको प्रहरीले जनाएको छ ।
 




जवाफ छाड्नुस्