बैतडीमा नेरेसोको क्याड्रे तालिम सम्पन्न

२५ भदौ २०८० बिन्दु चन्द 482



बैतडी– बैतडीमा विपद प्रतिकार्यका लागि सामुदायिक पहल सम्बन्धि ४ दिने तालीम सम्पन्न भएको छ ।
 
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडी अन्तरगत सञ्चालित सुरक्षित नेपाल परियोजनाको  अयोजना, अमेरिकन रेडक्रसको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय कार्यालयको प्राविधिक सहयोगमा सो क्याड्रे तालिम सम्पन्न भएको हो । 


 
भाद्र २२ गतेदेखि सञ्चालन भएको सो तालिममा डोटीका ८, बैतडीका १५ र नेरेसो केन्द्रिय कार्यालय काठमाडौँका १ जना गरि २४ जनाको उपस्थिति रहेको थियो ।
 
समुदायमा घटिरहने विपदको प्रतिकार्य कसरी गर्ने लगायतका विषयमा अन्तरक्रिया तथा प्रयोगात्मक  अभ्यास गराइएको नेपाल रेडक्र सोसाइटि जिल्ला शाखा बैतडीका मन्त्री रमेश भण्डारीले बताउनुभयो । 


 
सो तालिममा तिर्थ राज पाण्डेय, रतन टमटा, सरश्वती भाट, प्रविन सुवेदि, विष्णु प्रशाद जोशि, प्रकाश केसी र रुपक कठायतले प्रशिक्षण गर्नुभएको थियो । 


 
पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलको प्रमुख आतिथ्यतामा सो तालिम सम्पन्न भएको हो । 








जवाफ छाड्नुस्