बैतडीको पञ्चेश्वरमा भोलि विपदसम्बन्धि देउडा प्रतियोगिता हुँदै

२८ भदौ २०८० बिन्दु चन्द 366
 


 
बैतडी– बैतडीको पञ्चेश्वरमा भोलि देउडा प्रतियोगिता हुने भएको छ ।
 
पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४स्थित जबलपुर माविमा भाद्र २९ गते विपद शुक्रबार विपद जोखिम न्युनिकरण सम्बन्धि देउडा प्रतियोगिता हुने नेपाल रेडक्रस सोसाइटि बैतडी जिल्ला शाखाकि फिल्ड कोर्डिनेटर कमला राईले बताउनुभयो । 
 
पञ्चेश्वर गाउँपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाइटि बैतडी जिल्ला शाखा अन्तरगत सञ्चालित सुरक्षित नेपाल परियोजनाको आर्थिक सहयोगमा विपद जोखिम न्युनिकरण सम्बन्धि तिज विशेष कार्यक्रम हुने उहाँले बताउनुभयो । 
 
गाउपालिकाका सबै वडाबाट महिला पुरुष गरि ६ जनाको समुहमा प्रतियोगिता गराइने उहाँले बताउनुभयो । 
 
जसमा प्रथमलाई १० हजार, द्धित्तिय ८ हजार, त्तित्रिय ६ हजार र सान्त्वना ४ हजार पुरुस्कार दिइने बताइएको छ । 
 
यस्तै मेलौलीमा पनि पर्सि शनिबार ३० गते विपद जोखिम न्युनिकरण सम्बन्धि तिज विशेष देउडा प्रतियोगिता हुने राईले बताउनुभयो ।


 



जवाफ छाड्नुस्