बैतडीको पञ्चेश्वरमा विपद सम्बन्धि देउडा प्रतियोगिता सम्पन्न

२९ भदौ २०८० कविराज सुनार 355
 
 
बैतडी– बैतडीको पञ्चेश्वरमा देउडा प्रतियोगिता सम्पन्न भएको छ ।  
 
पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४स्थित जवलपुर माविमा शुक्रबार भएको विपद जोखिम न्युनिकरण सम्बन्धि देउडा प्रतियोगिता सम्पन्न भएको हो । 
 
पञ्चेश्वर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटि बैतडी जिल्ला शाखा अन्तरगत सञ्चालित सुरक्षित नेपाल परियोजनाको संयुक्त आयोजनामा  विपद जोखिम न्युनिकरण सम्बन्धि तिज विशेष कार्यक्रम सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटि बैतडी जिल्ला शाखा मन्त्री रमेश भण्डारीले बताउनुभयो । 
 
पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको उक्त देउडा प्रतियोगिताका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटि बैतडी जिल्ला शाखाका सभापति विष्णुदत्त अवस्थी रहनुभएको थियो ।
 
सो प्रतियोगितामा गाउँपालिकाका ४ समुहको सहभागिता रहेको थियो । 
 
सो प्रतियोगितामा प्रथम वडा नम्बर ३, दित्तिय वडा नम्बर १, त्तित्रिय जवलपुरमावि र सान्त्वना वडा नम्बर ४ भएको थियो । यस्तै प्रथमलाई ९६००, द्धित्तियलाई ९१५०, त्तित्रियलाई ८२५० र सान्त्वनालाई ६० पुरुस्कारसहित प्रमाणपत्र प्रदान गरिएको मन्त्री भण्डारीले बताउनुभयो । 
 
विपद जोखिम न्युनिकरण गर्न जनचेतना दिन तथा स्थानीयस्तरको कला संस्कृतिको जगेर्ना गर्न का लागि सो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो । विपदबाट जोगिन स्थानीयस्तरकै भाषा, कला, संस्कृति मार्फत जनचेतना दिइएको उहाँले बताउनुभयो ।
 



जवाफ छाड्नुस्