बैतडीमा सर्पको विगबिगि, मेलौलीमा फेरी एक जनालाई सर्पले टोक्यो

३० भदौ २०८० कविराज सुनार 196




 
बैतडी– बैतडीमा सर्पको टोकाइबाट एक किशोर घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका १ बगजेबलाका १७ वर्षीय सुजल दयाल सर्पको टोकाइबाट घाइते भएका हुन् ।
 
सुजललाई शुक्रबार बेलुका घरनजिकै बाटोमा हिडिरहेका बेला सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीले बताउनुभयो ।

घाइते सुजलको खुट्टामा टोकेको र उनको  डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताइएको छ । बैतडीमा पछिल्लो समय सर्पको विगविगि बढेको छ । जिल्लामा पछिल्लो २ महिनामा सर्पको टोकाइबाट २ जनाको मृत्यु भएको छ । 
 



जवाफ छाड्नुस्