बैतडीमा एक बालिका मृत फेला
३० भदौ २०८०
संवाददाता
103
बैतडी– बैतडीमा एक बालिका शनिवार मृत फेला परेकी छिन् ।
जिल्लाको दशरथचन्द नगरपालिका–१ मुणापका लोकेन्द्र सिंह भाटकी १२ वर्षिया छोरी मनिषा भाट शनिवार दिउंसो घरभित्रै मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीकाअनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरीको टोलि अहिले घटनास्थल पुगेको छ । घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता खत्रीले बताउनुभयो ।