सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै
०१ आश्विन २०८०
संवाददाता
59
बैतडी– बैतडीसहित सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइदैछ। भाद्र १ गतेदिन गाडिएको ‘बुढी’लाई आज पाल्ने गरिन्छ । ‘बुढी’लाई राक्षशकी पुतनाको संघ्या दिने गरिएको छ। रुख तथा झ्याङलाई काटेर कुनै सार्वजनिक स्थानमा गाड्नुलाई बुढी हालेको भनिन्छ ।
यो भाद्र १ गते ओल्के संक्रान्तीको दिन कुनै बाटो वा चौतारामा गाड्ने गरिएको छ। सोही ‘बुढी’लाई आज पाल्ने गरिन्छ । सबैको घरघरबाट आगोको राँको लिएर ‘बुढी’ गाडेको ठाउँमा गएर बुढी पोल्ने गरिएको छ । यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग जोडिएको छ ।
भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको सम्झनामा बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ । बुढीलाई पोलेपछि दुःख कष्ट पनि नास हुने मान्यता रहेको छ ।
बर्खामा लोगका रोगब्याथालाई पनि बुढीसँगै लिएर जाने विश्वास गरिएको छ । यसलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ ।