बैतडीकी एक महिला ३ छोरा–छोरी छोडेर वेपत्ता
०१ मंसिर २०८०
संवाददाता
9092
बैतडी– बैतडीकि एक महिला विगत १९ दिनदेखि वेपत्ता छिन् । जिल्लाको पाटन नगरपालिका–६ कर्णेलीकी २४ वर्षीया सुनिता विक वेपत्ता भएकी छिन् ।
बुधबार दिउँसो घरबाट माईत जान्छु भन्दै हिँडेकी सुनिता सोही दिनदेखि सम्पर्क विहिन रहेकी उनका श्रीमान तारा विकले बताउनुभयो ।
वेपत्ता भएकै दिनदेखि ती महिलाको खोजी कार्य गर्दा पनि नभेटिएकी उहाँले बताउनुभयो । परिवारले वेपत्ता सुनिताको खोजी कार्यका लागि प्रहरीलाई समेत आग्रह गरेको छ ।
वेपत्ता सुनिता विकका १० बर्षीय छोरा, ८ बर्षीया छोरी ६ वर्षीया छोरा छन् । श्रीमान तारा विक भारतमा रोजगारी गर्दै आएका छन् । तारा केही दिन अघि मात्रै दशैँ तिहार मनाउन घर फर्केका थिए ।