पाठ्यपुस्तक अभावका कारण पढाई प्रभावित
१३ असार २०७९
संवाददाता
462

बैतडी- पाठ्यपुस्तक अभावका कारण यहाँका विद्यार्थीहरुको पढाई प्रभावित बनेको छ । शैक्षिक सत्र सुरु भएको दुई महिना वित्दा समेत यहाँका विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन नसकेको शिक्षा विकास तथा समुन्वय एकाई बैतडीका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले बताउनुभयो ।
५ सय ४० सामुदायिक विद्यालयहरुमा ८३ हजार पाठ्यपुस्तक आवश्यक भएपनि अहिले सम्म ५० हजार पाठ्यपुस्तक मात्र जिल्लामा आइपुगेको अवस्थीको भनाई छ । पाठ्यपुस्तक अभावले गर्दा विद्यार्थीहरुले पढ्न पाएका छैनन् भने शिक्षकहरुलाई पनि पढाउन समस्या भएको कृष्ण माद्यमिक विद्यालय, पाटनका प्रधानाध्यापक विरेन्द्रसिंह केसीले बताउनुभयो । उहाँले भन्नुभयो ‘उहाँका अनुसार विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएरहेको छ ।’
जिल्लामा ६० प्रतिशत बढी पाठ्यपुस्तक पुगिसकेको र बाँकी पाठ्यपुस्तकका लागि पहल भईरहेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । चुनावका कारण पाठ्यपुस्तक छपाईमा ढिलाई भएको आफूहरुलाई जानकारी आएको उहाँले बताउनुभयो ।