बैतडीमा ५० प्रतिशत रोपाई

२१ असार २०७९ संवाददाता 401

फाइल तस्बरः दशरथचन्द नगरपालिका १० तिरस्थित राेपाइ

बैतडी- हाल
सम्म बैतडीमा ५० प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ । ढिलो गरी वर्षात भएकोले जिल्लामा ढिलो रोपाई सुरु भएको किसानहरुले बताएका छन् ।

आकाशे पानीकै भरमा रहने जिल्लामा किसानहरुले केहि दिन अघीबाट मात्र पानी पर्न थालेपनि रोपाइ सुरु गरेको बताएका छन् । रोप्नको लागि बारीहरु पहिल्यै तयार पारेपनि वर्षा ढिलो भएकोले केहि दिन अघी मात्र रोपाइ सकेको दशरथचन्द नगरपालिकाकी लक्ष्मी नाथले बताउनुभयो । उहाँले भन्नुभयो ,‘ अघिल्ला वर्षहरुमा चाडै सकिने रोपाई यो वर्ष ढिलो गरी सुरु भएको छ । पानी ढिलो परेकोले ढिलो भएको हो । पानी पर्दा खेरी सजीलो भयो । नभए त धानका बेर्ना पनि सुक्न थालीसकेका थिए । ’

 
सुदूरपश्चिम प्रदेशका अन्य जिल्ला भन्दा बैतडीमा बढि रोपाई भएको कृषि ज्ञानकेन्द्र बैतडीले जनाएको छ । जिल्लामा जेठ १५ गतेबाट सुरु हुने रोपाई यतिबेलासम्म सकिन पर्ने भएपनि पानी ढिलो गरी परेकोले केहि ठाउमा रोपाइ आजभोली भइरहेको कार्यालयका कृषि अर्थ विज्ञ मिलन कडेँलले बताउनुभयो । उनले भन्नुभयो ,‘ सिचाइ नपुगेको ठाउतिर विस्तारै किसानहरुले रोपाई गर्दैछन् । प्रदेशमा अन्य जिल्लाभन्दा यहा चाडो सुरु भएको हो । बढी पनि बैतडीमै भएको छ । ’
 
जिल्लाको पाटन नगरपालिका , डिलाशैनी र सुर्नया गाउपालिकाका फाटहरुमा धेरै धान फल्छ । यस्तै शिवनाथ गाउपालिकाको महाकाली किनारतिर विषेश गरी धान खेती हुने गरेको उहाँले बताउनुभयो । जिल्लाका अन्य ठाउमा भने खासै धान खेती नहुने गरेको उहाँले बताउनुभयो । यो सिजनमा पनि धेरै ठाउमा किसानहरुले मकै लगाएका उहाँले बताउनुभयो । जिल्लामा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
 
यस्तै सुदूरपश्चिमभरी अहिलेसम्म ५० प्रतिशत माथी मात्र धान खेती भएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार यो वर्ष ढिलो गरी वर्षात भएकोले रोपाई ढिलो सुरु भएको हो । 



जवाफ छाड्नुस्