वाणिज्य बैंकहरुको सेयर मूल्य बढ्दा नेप्सेमा साढे २ प्रतिशतको वृद्धि

१५ श्रावण २०७९ संवाददाता 263


 
काठमाण्डौँ-  साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । आइतबार बजार परिसूचक नेप्से साढे २ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा करिब २२०० अंकको नजिक पुगेको छ ।

आइतबार सुरुवातबाट नै बढेको नेप्सेमा केही उतारचढाव देखिए पनि ५४.५८ अंक (२.५५ प्रतिशत) ले वृद्धि भएर २१९५.१० अंकमा बन्द भएको छ ।

 
नेप्सेमा उच्च अंकले वृद्धि हुँदा वित्त कम्पनी बाहेक सबै उपसूचक बढेको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै २.९२ प्रतिशतले वृद्धि हुँदा बजार परिसूचक नेप्सेलाई पनि त्यसले तानेको छ । बैंकिङसँगै लगानी र निर्जीवन बीमा उपसूचक साढे ४ प्रतिशत माथिले वृद्धि हुँदा जीवन बीमा उपसूचक पनि ४ प्रतिशत माथिले बढेको छ ।

 
आइतबार नेप्सेसँगै कारोबार रकम पनि उकालो लागेको छ । कारोबार अवधिभर नेप्सेमा १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २१ करोड ३४ लाख १६ हजारको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको १५ करोड २३ लाख २० हजारको कारोबार भएको छ ।
 
आइतबार दिनभर बजारमा १८० कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ५१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३ कम्पनीको सेयरमूल्य स्थिर छ । ५ वटा निर्जीवन बीमा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किटमा बन्द भएको छ ।
 
त्यस्तै युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत र स्वाभिमान लघुवित्त तथा युनाइटेड इन्स्योरेन्स सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । नेशनल हाइड्रोपावरको सेयरमूल्य ३.३० प्रतिशतले गिरावट आएको छ ।
 



जवाफ छाड्नुस्