किसानलाई फलफूलका बिरुवा वितरण गर्दै पाटन नगरपालिका
१७ श्रावण २०७९
संवाददाता
359

बैतडी- बैतडीको पाटन नगरपालिकाले किसानहरुलाई फलफूलका बिरुवा वितरण गरिरहेको छ ।
५० प्रतिशत अनुदानमा किसानहरुलाई बिरुवा वितरण गर्न थालिएको हो । कागती, सुन्तला, मौसम, अमिलो लगायतका बिरुवा वितरण गरिदैछ ।
नगरपालिकामा व्यवसायिक रुपमा किसानहरुले फलफूल खेती गर्नको लागि आकर्षण हुन् भन्ने उदेश्यले फलफूलका बिरुवाहरु वितरण गर्न सुरु गरिएको पाटन नगरपालिकाको कृषि शाखाका प्रमुख महेश अवस्थीले बताउनुभयो ।
यसले किसानहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो सिजनमा नगर क्षेत्रभित्रका किसानहरुलाई तीन हजार बिरुवा वितरण गर्ने लक्ष्य रहेको छ ।