बैतडीमा लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिइने

३० भदौ २०७९ संवाददाता 535
 
 
बैतडी– बैतडीमा अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकहरुलाई अवकाश दिइने भएको छ । 
 
जिल्लाको सुर्नया गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै गाउँकार्यपालिकाको यही भदौ २४ गते बसेको बैठकको निर्णय अनुसार लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिने जनाएको छ । 
 
उक्त सूचनामा गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत अध्यापन अनुमति पत्र नभएका शिक्षकहरुलाई आगामी असोज १ गतेदेखि अवकाश दिने निर्णय भएको उल्लेख छ ।
 
लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिएको बारेमा ३ दिनभित्र पालिकालाई जानकारी गराउन समेत भनिएको छ । 
 



जवाफ छाड्नुस्