बैतडीको डिलाशैनी गाउपालिकाको केन्द्रमा बिजुली पुग्यो

०९ कार्तिक २०७९ संवाददाता 294

बैतडी - बैतडीको डिलाशैनी गाउँपालिको केन्द्रमा बिजुली पुगेको छ  । नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि गाउँपालिकाको केन्द्रमा विद्युत पुगेको हो । 

सोमबार लक्ष्मी पुजाका दिन पालिकाको केन्द्र धामीगाउँमा बिजुली बालिएको गाउपालिकाका प्रवत्ता यज्ञ भट्टले बताए । उनका उनुसार धामीगाउँमा रहेको पालिकाको केन्द्रमा बत्ती बालिएको छ । अब अन्य ठाउमा लाइन विस्तारको काम अगाडी बढ्ने छ । 

लामो समय देखि अन्धकारमा रहेका बस्तीमा तिहारकै बेला बिजुली बलेपछि  स्थानीय खुसी भएका छन् । गाउपालिकाले उज्यालो डिलाशैनी बनाउने अभियान  अन्तर्गत विद्युत विस्तार कार्यलाई तिव्रता दिएको छ । केहि समय अघि मात्र पालिकाको वडा नम्बर ५ मा विद्युत विस्तार गरिएको थियो  ।

 



जवाफ छाड्नुस्