कैलालीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि

१६ कार्तिक २०७९ संवाददाता 225
धनगढी - सुदूरपश्चिममा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको छ ।
 
कात्तिक १४ गते जिल्लाको भजनी नगरपालिकामा मरेको बंगुरको शव परीक्षणका क्रममा धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको हो । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले मरेको बंगुरको शव परीक्षण र र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको बताए । 
उनकाअनुसार संक्रमण भए÷नभएको निश्चित गर्न केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौं नमूना पठाइएकोमा रोग पुष्टि भएको छ ।
 
 
 
 
 



जवाफ छाड्नुस्