बैतडी- पछिल्लो समय बैतडीमा ब्याड्मिन्टनको क्रेज बढ्न थालेको छ । जिल्ला प्रशासन कार्याल, बैतडीमा जिल्ला सुरक्षा समिति र नगरपालिकाको सहयोगमा ब्याड्मिन्टन कोर्ट बनेपछि जिल्लामा यसको क्रेज समेत बढेको हो । कुनै प्रतियोगिता नहुने बैतडीमा कोर्ट बनेपछि २ पटक खुल्ला प्रतियोगिताहरु समेत भएका छन् । कोर्ट पुर्ण इनडोर भने अझै बन्न सकेको छैन् । पुष १५ को अवसरमा दशरथचन्द नगरपालिकाले आयोजना गरेको खुल्ला ब्याड्मिन्टन प्रतियोगितामा जिल्ला र जिल्ला बाहीरका गरि २४ टीमले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिता आज समापन भएको छ ।
दशरथचन्द नगर खेलकुद विकास समितिको आयोजनामा पुस १५ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताउनुभयो ।
प्रतियोगितामा आनन्द थापा र कैलाश थापाको टीम प्रथम, राजबहादुर बोहरा र प्रकाश बिष्टको टीम द्वितीय, दिनेश ठगुन्ना र चन्द्रसिंह डोबालको टीम तृतीय र अंकित जोशी र हरिश भण्डारीको टीमले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रथम स्थान हाँसिल गर्न सफल आनन्द थापा र कैलाश थापाको टीम
प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन् । यस्तै दोश्रो हुने टीमले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र, तेश्रो हुनेले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन् । यस्तै सान्तवना स्थान हासिल गर्ने टीमले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ ।
द्वितीय स्थान हाँसिल गर्न सफल दार्चुला स्थित राजबहादुर बोहरा र प्रकाश बिष्टको टीम
प्रतियोगिता अन्तर्गत दशरथचन्द नगरपालिकाभित्रका ब्याड्मिन्टनका राष्ट्रिय खेलाडीहरुलाई दोसल्ला र कदर पत्र समेत प्रदान गरिएको अध्यक्ष चन्दले ताउनुभयो ।
ब्याडमिन्टनका राष्ट्रिय खेलाडीहरु सरपसिंह ठगुन्ना, जनकराज भट्ट, लक्ष्मीराज भट्ट, दौलत खत्री, चन्द्रसिंह ठगुन्ना, गोवर्धन राना र राजबहादुर बोहरालाई सम्मान गरिएको हो ।
प्रतियोगिताका विजेता टीमहरुलाई नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाइ) र प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगिताको समापन सत्रमा बोल्दै दशरथचन्द नगरपालिकाका प्रमुख लख्खाभाइले अब छिट्टै इन्डो–नेपाल ब्याड्मिन्टन प्रतियोगिता आयोजना गर्ने तयारी रहेकाले सोका लागि समेत ययारी अवस्थामा रहन खेलाडीहरुलाई अग्रह गरेका छन् । दशरथचन्द नगरपालिका युवा, खेलकुद र संस्कृतिको बारेमा जिम्मेवार रहेको र यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा अझै प्रभावकारी ढंगले अगाडी बढाईने उहाँले बताउनुभयो ।