बैतडी अस्पतालमा भाेलि विषेशज्ञ डाक्टर आउदै, सेवा लिन आउन अस्पतालकाे आग्रह
२१ पुष २०७९
संवाददाता
377

बैतडी- जिल्ला अस्पताल बैतडीमा भोलि (शुक्रबार) विशेषज्ञ चिकित्सकहरु आउने भएका छन् ।
भोलि जिल्ला अस्पतालमा डडेल्धुरामा कार्यरत युरो सर्जन डाक्टर हेमनाथ जोशी र जनरल सर्जन डाक्टर दिवान श्रेष्ठ आउन लागेका जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले बताउनुभयो।
विशेषज्ञ डाक्टरहरुबाट मृगौलाको पथ्थरी, पिसाब थैलिको समस्या, प्रोस्टेट सम्बन्धि समस्या,मुत्र प्रणाली सम्बन्धि,जनरल सर्जरी, शरिरमा गांठागुठी भएका, हर्निया, हाइड्रोसिलको समस्या भएकाले सेवा पाउने अस्पतालका व्यवस्थापक सुमन महरालेब बताउनुभयो ।
विशेषज्ञ चिकित्सक आउन लागेको जनाउँदै जिल्ला अस्पताल बैतडीले समस्या भएकालाई सेवा लिन सार्वजनिक सूचना जारी गर्दै आग्रह गरेको छ । प्रत्येक शुक्रबार जिल्ला अस्पतालमा डडेल्धुरा अस्पतालको सहयोगमा बिशेषज्ञ डाक्टरले सेवा दिँदै आएका छन्