दुर्गम गाउँमै अस्पताल बन्ने आशा

१० माघ २०७९ नरी बडु 879


बैतडी-
चाउरी परेर बुढ्यौली झल्कीने दुबै हात कम्मर पछाडी राख्दै पाँच वर्षिय ताती हेमन्तलाई अघि लाउदै उमेरले ७० कटेका बिरबहादुर धामी स्वास्थ्य चौकी छेउको आफ्नै खरबारीमा घुमिरहन्छन् । आफ्नै जमीनमा अस्पताल बनेको हेर्ने ठुलो सपना बोकेका धामी आफु पछाडीको पुस्ताले सानो उपचारका लागि पनि घण्टौँ हिड्न परेको हेर्न चाहादैनन् । 

 
डिलाशैनी गाउँपालिका–७ स्थित घर छेउमै आफुले कमाउदै आएको जमीन अस्पतालको नाममा हालेर पनि अस्पताल भवन बन्ने–नबन्ने दोधारमा रहेका धामी जिल्ला सदरमुकाम बैतडीबाट गएको नामी शाखाको टोलीले अस्पतालका नामको नमीनमा फितो बिच्छ्याउदा खुसि देखिन्थे । किनकी उनको मनमा अस्पताल बन्ने आशा उम्रदै थियो । 


अस्पतालकाे लागि जग्गादान गरेका  बिरबहादुर धामीका नाती हेमन्त धामी 

नाती हेमन्तको टाउको सुमसुम्याउदै उहाँले भन्नुभयो ‘आब केइ आशा जाग्यो, हमले त जसो तसो दिन काटिहाल्या, एइका दिनौन त कैइभौत सुविधा होलो । (अब केइ आशा पलाएको छ । जसो–तसो हामीले त दिन कटायौँ, अस्पताल बने भावि पुस्ताको लागि केइ सुविधा होला ।’


डिलाशैनी गाउँपालिका ७ मा अस्पतालकाे लागि जग्गादान गरेका  बिरबहादुर धामी 

डिलाशैनी गाउँपालिका–७ धामीगाउँमा अस्पताल निर्माणका लागि गाउँपालिकाले प्रक्रिया अगाडी बढाएपछि यहाँका नागरिकहरुमा उत्साह भरिएको छ । सामान्य उपचारका लागि समेत बिरामीहरुलाई घण्टौँ बेकेर गोकुलेश्वर, जिल्ला सदरमुकाम बैतडी र धनगढी लग्दै आएका यहाँका नागरिकहरु गाउँमै अस्पताल बन्ने भएपछि खुसि भएका हुन् ।

 
स्वास्थ्यचौकी छेउमै अस्पतालको नाममा जग्गा प्राप्त भएपछि डिलाशैनी गाउँपालिले पनि अस्पालत निर्माण प्रक्रियालाई अगाडी बढाएको छ । अस्थाई रुपमा अहिले गाउँपालिकामा एमबिबिएस डाक्टरको व्यवस्थापन गरेर यहाँका नागरिकहरुलाई स्वास्थ्य सुविधा दिइरहेको समेत गाउँपालिका अध्यक्ष सन्तोषप्रकास जोशीले बताउनुभयो । उहाँले भन्नुभयो ‘स्वास्थ्य सेवामा यहाँका नागरिकहरुको सहज पहुँच स्थापित गर्ने हाम्रो लक्ष हो, सोही अनुसार काम गरिरहेका छौँ ।’
आफ्नो दैनिक सेवा समेत भाडाको भवनबाट दिइरहेको गाउँपालिकाले अस्पताल, गाउँपालिका भवन निर्माण लागयतका काम तिब्र रुपमा गर्ने संकल्प सहित काम गरिरहेको गाउँपालिकाका प्रवक्ता यग्यराज भट्टले बताउनुभयो । 


डिलाशैनी गाउँपालिका ७ मा बन्ने अस्पतालकाे जमीन छुट्याउदै नापीकाे टाेली

अहिले जनस्वास्थ्य र चिकित्सकिय सेवा गाउँपालिकामै दिइरहेको अध्यक्ष जोशीको भनाई छ । ल्याब सेवा, एक्सरे सेवा, मनोपरामर्श सेवा गाउँपालिकाले दिने तयारी गरिरहेको उहाँको भनाई छ । गाउँपालिकाकै अब्बल युवाशक्तिलाई छात्रबृतिका बाध्यमबाट पनि चिकित्सकिय लगायतका क्षेत्रमा पढाउने कार्यक्रम समेत गाउँपालिकाले लिएको उहाँको भनाई छ । 
 
निशुल्क औचाधि वितरण, दिर्घरोगीहरुलाई घरमै गएर स्वास्थ्य सेवा दिने काम अहिले गाउँपालिकाले गरिरहेको उहाँको भनाई छ । आफु निर्वाचित भएयता गाउँपालिकाले आम नागरिकका लागि शिक्षा स्वास्थ्य, कृषि, पशुपालन लगायतका क्षेत्रमा काम भइरहेको उहाँले बताउनुभयो । 
 



जवाफ छाड्नुस्