बैतडी: महिला टी–२० क्रिकेटमा देहिमाडौं र त्रिपुरा फाइनलमा
१६ माघ २०७९
संवाददाता
186

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत दशरथचन्द नपा-२ देहिमाडौं र दशरथचन्द नपा-८ त्रिपुरा फाइनल भिड्ने भएका छन्।
सोमबारको पहिलो सेमिफाइनल खेलमा दशरथचन्द नपा-६ थालिगडालाई ११९ रनले स्तब्ध पार्दै देहिमाडौं फाइनलमा प्रवेश गरेको हो।
देहिमाडौंले दिएको १९७ रनको विशाल लक्ष्य पन्छाएको थालिगडा १६ दशमलव २ ओभरमा ७७ रनमा समेटियो। ममता चन्दले १८ र सन्जु पेलाले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन नसक्दा थालिगडा सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो।
देहिमाडौंका लागि बसन्ती बोहराले ३ तथा आरती बोहरा र लक्ष्मी बोहराले २र२ विकेट हात पारे।
त्यसअघि घरेलु निंग्लाशैनी क्रिकेट मैदानमा पहिला ब्याटिंग गरेको देहिमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९६ रन बनायो। मिना रावतले ४४ र पिंकी बोहराले ३६ रनको योगदान गरे।
थालिगडाकी पूजा कार्की, सन्जु् पेला र जयन्ती कार्कीले २र२ विकेट हात पारे। देहिमाडौंकी मिना रावत ओम्यान अफ द म्याच चुनिएकी स्कोरर तिलक बोहराले जानकारी दिनुभयाे।
आजै सम्पन्न अर्को सेमिफाइनलमा दशरथचन्द नपा-१० बाराकोटलाई ३४ रनले पराजित गर्दै दशरथचन्द नपा(८ त्रिपुरा फाइनलमा सुरक्षित भएको छ।
जितका लागि १४६ रनको लक्ष्य पन्छाएको बाराकोट १७ दशमलव १ ओभरमा १११ रनमा अलआउट भयो। प्रियान्सी चन्दले सर्वाधिक ३१ रन बनाए पनि हार टार्न सकिनन्।
त्रिपुराका जानवी मौनी र नीलम महरले ३-३ विकेट हात पारे।
त्यसअघि पहिला ब्याटिंग गरेको त्रिपुराले निर्धारित २० ओभरमा रितु पेलाको ३१ रनको मद्दतमा १४५ रन बनायो।
बाराकोटका लागि प्रियान्सी चन्दले ४ र रितु बुडालले ३ विकेट हात पारे। जानवी ओम्यान अफ द म्याच भइन्।
दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता माघ ९ गते शुरू भएको हो। शहीद दिवसको अवसरमा शहीद दशरथचन्दको जन्मनगरमा आयोजित प्रतियोगिता मंगलबार सम्पन्न हुँदैछ।
नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद १५ हजार, ट्रफि‚ मेडल र प्रमाणपत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए।
प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई १५र१५ सय, अनुशासित टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाणपत्र दिइने जनाइएको छ।
निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ।