डिप्रोक्सद्वारा स्थापना दिवसको अवसरमा सरसफाई सामाग्री हस्तान्त्रण
०२ फाल्गुन २०७९
संवाददाता
224

बैतडी- डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा दशरथचन्द नगरपालिका- ४ को कार्यालयलाई सरसफाई सामाग्री हस्तान्त्रण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डस्तबिन लगायतका सामाग्रीहरु हस्तान्त्रण गरिएको संस्थाका बैतडी प्रबन्धक केशबराज जोशीले बताउनुभयो ।
वडा अध्यक्ष भानदेब भट्टलाई उक्त सामाग्रीहरु हस्तान्त्रण गरिएका हुन् । ७१ जिल्लामा १ सय ४९ शाखा रहेको डिप्रोक्स वित्तीय संस्थाले मर्मत लघुवित्त सेवा समेत प्रदान गरिरहेको जोशीले बताउनुभयो । २०७३ सालमा बैतडीमा स्थापना भएको यस संस्थामा बैतडीका एक हजार तीन सय सदस्य छन् ।