पञ्चेश्वर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
०२ फाल्गुन २०७९
मोहन चन्द
259

बैतडी : पञ्चेश्वर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कुलाउँ स्कुलको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिकाभरीका ९ माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल र एथलेटिक्सका खेल खेलाइने पञ्चेश्वर गाउँपालिका शिक्षा शाखा प्रमुख माहमल घटालले जानकारी दिनु भयो । खेलबाट जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि खेलाडी छनोट समेत गरिने प्रमुख घटालले बताउनु भयो ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताबाट खेलाडीहरुको प्रतिभा पहिचान हुनुका साथै खेलप्रति आक्रसित भई जिल्ला र राष्ट्रीय स्तरको खेलमा समेत भागलिन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष गोरख वहादुर चन्दले बताउनु भयो ।
उदघाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष विना भट्टले विद्यालयस्तरमा रहेका खेलाडीहरुको क्षमता अभिवृद्धिमा प्रतियोगिताले सहयोग पुर्याउने र गाउँपालिकाले खेललाई प्राथमिकतामा राखेको बताउनु भयो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष चन्दको अध्यक्षतामा र मेलौली नगरपालिकाका नगरप्रमुख भिम बहादुर चन्दको प्रमुख आथित्यमा समुदघाटन गरिएको थियो । प्रतियोगिता चार गते सम्म संचालन गरिने छ ।