प्रजातन्त्र दिवसको अवसरमा पाटनमा ब्याडमिन्टन
०५ फाल्गुन २०७९
मोहन चन्द
250
बैतडी : बैतडीको पाटन नगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवसरको अवसरमा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ ।
देसमा गणतन्त्र आएपछि प्रजातन्त्र दिवसलाई त्यती महत्व नदिएपनि दुईतिन वर्षदेखि यसलाईपनि गणतन्त्र दिवसजस्तै भव्यरुपमा मनाउन थालिएको छ ।
यसै दिवसलाई मध्यनजर गर्दै पाटन नगरपालिकाले पनि ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुने टिमलाई नगद ३० हजार प्रमाणपत्र र ट्रफी, दोस्रो हुने टिमलाई नगद २० हजार प्रमाणपत्र र तेस्रो हुने टिमलाई दश दश हजार पुरुषकार दिईने पाटन नगरपालिकाका लेखापाल एवम ब्याडमिन्टन खेलाडी भवानी भट्टले बताउनु भयो ।
खेल दुईदिन सम्म कृष्ण माविको ब्याडमिन्टन हलमा संचालन हुने छ । पछिल्लो समय बैतडीमा ब्याडमिन्टनको क्रेज बढिरहेको छ ।