सामाजिक सुरक्षा भत्ताको बिषयमा बैंकप्रति असन्तुष्ट
०५ फाल्गुन २०७९
मोहन चन्द
251
बैतडी- नेपाल सरकाले समाजिक सुरक्षा भत्ता बैंक मार्फत भुक्तानी गर्ने भन्ने नियम लगाएपछि अहिले सबै सेवाग्राहिलाई बैंक मार्फत भत्ता भुक्तानी भइरहेको छ ।
बैंक मार्फत भुक्तानी हुँदा समाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्राहिले बैंकमै आउनु पर्ने बाध्यता छ । यसले गर्दा सेवाग्राहिहरु बैंक प्रति असन्तुष्ट देखिएका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा ६ का वडा अध्यक्ष राम सिह पुजारा पनि नविल बैंक प्रति असन्तुष्ट देखिएका छन् ।
नविल बैंक पञ्चेश्वर शाखाको असहयोगका कारण आठ महिनादेखि ५ र ६ वडाका सेवाग्राहिले समाजिक सुरक्षा भत्ता नपाएको गुनासो अध्यक्ष पुजराले समाजिक संजालमा लेखेका छन् । उनले लेखेका छन् ‘भौगौलिक विकटताका कारण वृद्ध, अपांग सेवाग्राहिहरु बैंकमा जान सक्दैनन् र बैंकले कार्यपालिकाको निर्णपनि मानीराखेको छैन्’ ।
हस्ताक्षर गर्न नसक्ने अगौंठाछाप सेवाग्राहिले बैंकमै आएर औँठाछाप गर्नु पर्ने भएकाले र बैंक संग जनशक्ती अभाव भएका कारण सेवाग्राहिकै घरपाएकमा गएर भत्ता वितरण गर्न नसकेको नविल बैंक पञ्चेश्वर शाखले जनाएको छ ।
समाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहिहरु ९० प्रतिशत औँठाछाप रहेका छन् । यो समस्या पञ्चेश्वरको मात्र नभई जिल्लाका सबै बैंक र सबै सेवाग्राहिहरुको समस्या हो । अन्य स्थानियतहका समाजिक सुरक्षा भत्ता सेवाग्राहिको पनि बैंक प्रति यस्तै गुनासो रहेको छ ।
बैंक कर्मचारी घर पाएक ठाउँमै आएर भत्ता वितरण गरिदिनु पर्ने सेवाग्राहिहरुको माग रहेको छ । स्थानिय जनप्रतिनिधीहरुले बैंकका कर्मचारीलाई घरपाएक पर्नेठाउँमै आएर भत्ता वितरण गर्न सुरक्षा सहितका प्रवन्ध मिलाएर सहजिकरण गरिदिनुपर्ने र बैंकले गाउँगाउँमै गएर वितरण गर्नुपर्ने देखिन्छ ।