नामिबियामाथि नेपालको लगातार दोस्रो जित

०६ फाल्गुन २०७९ संवाददाता 277

काठमान्डौं :  आइसिसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको छ ।

जको खेलमा नेपालले ४७ ओभर तीन बलमा दुई सय ७८ रन बनाउँदै नामिबियालाई तीन विकेटले पराजित गर्यो । शृंखलाको पहिलो म्याचमा नेपालले नामिबियामाथि दुई विकेटको जित हासिल गरेको थियो । 

 
आजको खेलमा ओपनर आसिफले ८१, मध्यक्रमका अनुभवी ब्याटर ज्ञानेन्द्रले ६५ र अलराउन्डर कुशल मल्लले ६२ रन बनाए । कप्तान रोहितले ३९ रन बनाए । नौ रनमा कुशल भुर्तेललाई गुमाएको नेपाल आसिफ र ज्ञानेन्द्रबीचको एक सय ३९ रनको साझेदारीपछि बलियो अवस्थामा पुगेको थियो । 
 
टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि नामिबियाले ६ विकेटको क्षतिमा ५० ओभरमा दुई सय ७४ रन बनाएको थियो । नामिबियाका जेन ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय इनिङ खेल्दा पिकी या फ्रान्सले ३९ बलमा ४९ रन जोडे । लो–हान्द्रे लरेन्सले ४१ रनको योगदान गर्दा रुबेन ट्रम्पेलम्यानले २४ रन बनाए ।
 
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४६ रन दिए । करन केसीले एक विकेट लिए भने नामिबियाका दुई खेलाडी रन आउट भए । 
 
६ एक दिवसीय म्याचको शृंखलामा नेपालले लगातार तीन म्याच जितेको छ । यससँगै नेपालले आइसिसी पुरुष विश्वकप लिग २ मा महत्वपूर्ण ६ अंक हासिल गरेको छ । 



जवाफ छाड्नुस्