बैङ्कको ब्याज बिरुद्ध व्यवसायी

०८ फाल्गुन २०७९ संवाददाता 192


धनगढी- 
कैलालीका व्यवसायिक संघ सस्थाहरुले धनगढीमा बैङ्क तथा वित्तीय संस्थाहरुको व्याजदर बिरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाको व्याज र नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयको नीतिमा सुधारको माग गर्दै मंगलवार बिहान व्यवसायीहरूले धनगढीमा विरोध र्याली निकाल्ने भएका हुन्।
 
बैंक तथा वित्तीय संस्थाका कारण व्यवासायीलाई मर्का परेको भन्दै  सुधारका लागि  १० वुदें माग राख्दै बिहान ९ बजे धनगढी चौराहादेखि पार्क मोडसम्म विरोध प्रदर्शन गरिने कैलाली उद्योग बाणिज्य संघले जनाएको छ।
 
व्यवसायीहरूले एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरुको आन्तरिक खर्च कटौति गरी स्पेड दर ३ प्रतिशन हुनुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिइनु पर्ने, व्याज बुझाउने म्याद ३५ दिन सम्म नियमित मान्नु पर्ने, लिलाम प्रक्रिया स्थगित गरिनु पर्ने, कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न कार्यक्रम ल्याउनु पर्ने माग राखेका छन् ।
 
भोलि हुने विरोध प्रदर्शनमा होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसियसन, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नाट्टा सुदूरपश्चिम, हार्डवेयर व्यवसायी संघ, होलसेल व्यवसायी संघ, निर्माण व्यवसायी संघ, व्युटि पार्लर व्यवसायी संघ, तरकारी तथा फलफूल व्यवसायी संघ र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसेसनले एक्यवद्धता जनाएका छन्।



जवाफ छाड्नुस्