दिवाखाजा सम्बन्धी अन्तकृया
१० फाल्गुन २०७९
मोहन चन्द
228
बैतडी : विद्यालयमा दिवाखाजा कार्यक्रम सम्बन्धमा सरोकारवालाहरु संग अन्तकृया गरिएको छ । अन्तरकृयामा सुदूरपश्चिम समाजिक विकास मन्त्रालयले यसमा केसहयोग गर्न सकिन्छ, दिवाखाजा कार्यक्रमलाई कसरी अगामीदिनमा यो भन्दापनि प्रभावकारी रुपमा संचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ ।
सूदूरपश्चिम प्रदेस समाजिक विकास मन्त्रालयको आयोजनामा संचालित कार्यक्रममा सरोकारवालाहरुले एक जना विद्यार्थिको लागि आउने रकम अपुग भएको र केन्द्र सरकारबाट आउने रकममा प्रदेस सरकारले थप रकम गरिदिनु पर्ने, खाजा बनाएर खुवाउने भौतिक संचना निर्माण गरिदिनु पर्ने जस्ता माग राखेका थिए ।
समाजिक विकास मन्त्रालयका उपसचिव गगनदेव भट्टले सरकारले लगानी गरेको दिवाखाजालाई सबैतहबाट अन्तरसम्वन्ध राखेर सहयोग गरी दिर्घकालिन सम्म संचालन गर्नुपर्ने र अन्तरकृयामा उठेका सुझावलाई केकसरी हुन्छ सकीने सहयोग गर्ने बताउनु भयो ।
अन्तरकृयामा स्वागत मन्तव्य राख्दै समाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकर जोशीले दिवाखाजाले विद्यालयमा विद्यार्थिको संख्या बढाउनुका साथै विद्यार्थिको शाररिक क्षमता वृद्धिमा पनि सहयोग गरेको बताउनु भयो ।