सुरु भयो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
१२ फाल्गुन २०७९
मोहन चन्द
204
बैतडी : बैतडीमा १३औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । एक औपचारिक कार्यक्रमका विच शुक्रबार प्रतियोगिताको उद्दघाटन गरिएको छ । कार्यक्रम सुरुकैदिन विभिन्न खेलहरु पनि खेलाइएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती जानकी वम ऐरले खेलको विकासकालागि बैतडीका सबै पालिकाहरुलाई सहयोग पुग्ने गरेर प्रदेसबाट सहयोग गर्ने पतिवद्धता जानाउनु भयो । यस्तै कार्यक्रममा बोल्ने सबै स्थानियतहका प्रमुखहरुले अगामी बजेटमा खेलको लागि आवस्यक बजेट छुटयाएर पालिकामा विभिन्न खेलकुदको आयोजना गर्ने बताउनु भयो ।
उदघाटन कार्यक्रमको समापन गर्र्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले थोरै रकमका बावजुदपनि जिल्लास्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको र यसमा सबैपालिकाले सहभागीता जनाईदिएकोमा धन्नेवाद दिनु भयो ।
बैतडी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्य जानकी ऐर बम प्रमुख अतिथी रहेकी थिइन् ।
यस्तै जिल्लाका १० ओटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,प्रशिक्षक,खेलाडी लगायतको उद्दघाटन समारोहमा सहभागिता थियो भने कार्यक्रम खेलकुद विकास समिति बैतडीका प्रमुख तर्कराज जोशीले संचालन गरेका थिए ।
फागुन १४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० ओटै स्थानीय तहका टीमहरुको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, एथलेटिक्स र छात्रछात्रा कबड्डी प्रतियोगिता सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगिताको विजेता टीमलाई नगद पुरस्कारसहित शिल्ड,ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।