बैतडीमा २२ र २३ गते पाठेघर सम्बन्धि निशुल्क शल्यक्रिया शिविर

१९ फाल्गुन २०७९ संवाददाता 306


बैतडी-
जिल्ला अस्पताल बैतडीमा यही फागुन २२ र २३ गते वरिष्ट स्त्री रोग विशेषज्ञ डाक्टरद्वारा पाठेघर खसेका महिलाहरुका लागि निशुल्क शल्यक्रिया शिविर संचालन हुने भएको छ । वरिष्ट स्त्री रोग विषेशज्ञ सुरेन्द्र भट्ट शिविरका लागि बैतडी आउने कार्यक्रम रहेको जिल्ला अस्पताल बैतडीका डाक्टर थानेस्वर न्यौपानेले बताउनुभयो । पाठेघर सम्बन्धि अपरेसन गर्नुपर्ने या नपर्ने भनेर २१ गतेनै चेकजाँच गरिने उहाँले बताउनुभयाे । 
 
उहाँका अनुसार शल्यक्रियाका साथै तल्लो पेट दुख्ने, अनियमित महिनाबारी, सेतो पानी बग्ने, पाठेघर सुन्नीएको तथा मासु पलाएको, अण्डासयमा पानीको फोका देखिने आदी समस्या भएकाहरुले पनि शिविरमार्फत उपचारात्मक सेवा पाउने छन् । यस्तो समस्य भएका व्यक्तिहरुले २१ गते जिल्ला अस्पतालमा सम्पर्क राख्नहुन समेत जिल्ला अस्पताल बैतडीले आग्रह गरेको छ । 
 



जवाफ छाड्नुस्