बैतडीकाे सिगासमा फागुन २६ र २७ गते विषेशज्ञ स्वास्थ्य शिविर

१९ फाल्गुन २०७९ संवाददाता 313


बैतडी-
बैतडीको दुर्गम सिगास गाउँपालिकास्थित गाँजरी स्वास्थ्य चाैकीमा यही फागुन २६ र २७ गते विषेशज्ञ स्वास्थ्य शिविर संचालन गरिने भएको छ ।

जिल्ला अस्पताल बैतडीको आयोजनामा नाक, कान, घॉटी रोग, हाड जोर्नि, नसा रोग, बाल रोग, सामान्य चिकित्सा तथा दाँत, मुख रोग सम्बन्धि विशेषज्ञ शिविर सञ्चालन हुने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्र डवालले बताउनुभयो । उहाँका अनुसार  निशुल्क उपचारका साथै औषधि र आवस्यक सल्लाह समेत शिविर मार्फत लिन सकिने छ । 
 
शिविरमा विषेशज्ञ डाक्टरहरु हुने भएकाले सिगास र गाँजरी पायक पर्ने स्थानका सबैले सेवा लिन सक्ने डवालले बताउनुभयो ।  



जवाफ छाड्नुस्