नियमित पूर्ण खोप घोषणाको लागि तयारी

२३ फाल्गुन २०७९ मोहन चन्द 266

बैतडी-   बैतडीमा नियमति पूर्ण खोप घोषणको लागि तयारी गरिदै छ ।  स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेस भट्टको नेतृत्वमा दसरथचन्द नगरपालिका ४ को बाडीलेक र देवलहाट टोलमा राष्ट्रिय  खोपतालिका अनुसार खोप लाए-नलाएकाे सम्बन्धमा घरधुरी सर्बेक्षण सहित अनुगमन गरिएको हो ।
 
जन्मेदेखी १५ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाएको या नलगाएको,  बच्चाकाे ताैल, बच्चाले खानुपर्ने सबै भिटामिन  र पोषणयुक्त खाना खाए नखाएको अनुगमन गरिएको हो ।
 
हरेक वर्षको माघ, फाल्गुन र चैत्रमा सम्पूर्ण बालवालिकाहरुले राष्ट्रिय खोपतालिका अनुसार खोप लगाएको या नलगाएको घरधुरी सर्बेक्षण गर्ने र नपाएकोलाई नियमित तालिका अनुसार खोपकाे दायरामा ल्याउने उद्देश्यले अनुगमन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेस भट्टले बताउनुभयो ।


 
अनुगमनको क्रममा राष्ट्रिय खोपतालिका अनुसार खोप लगाएर कार्ड भरेको र हरेक खोप अनुसार बच्चाको तौल कार्डमा नभरेको पाइएको थियो । जसले बच्चाको उमेर अनुसारको वृद्धिविकास भए-नभएको थाहा हुन कठीन हुने भट्टकाे भनाइ छ । 



जवाफ छाड्नुस्