शल्यक्रिया सहितको नि:शुल्क स्त्री रोग विशेषज्ञ शिविरमा ७० जनाले सेवा लिए

२५ फाल्गुन २०७९ संवाददाता 424


बैतडी- 
जिल्ला अस्पताल बैतडीले फागुन २३ र २४ गते आयोजना गरेको शल्यक्रिया सहितको स्त्री रोग विषेशज्ञ शिविरमा ७० जनाले सेवा लिएका छन् ।

पाठेघर सम्बन्धि समस्या भएका महिलाहरुको स्वास्थ्य जाँच सहित निःशुल्क सल्यक्रिया गर्ने उद्देश्यले आयोजना गरिएको शिविरबाट ७० जनाले सेवा लिएको जिल्ला अस्पताल बैतडीका डाक्टर थानेस्वर न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ७ जना महिलाको पाठेघरको शल्यक्रिया समेत गरिएको छ । 



डडेल्धुरा अस्पतालका स्त्रीरोग विषेशज्ञ डाक्टर सेरेन्द्र प्रसाद भट्ट लगायत जिल्ला अस्पताल बैतडीका डाक्टरहरुले उक्त सेवा दिएका हुन् । दुई दिनमा ७ जनाको शल्यक्रिया साथै ७० जनालाई अन्य उपचार सल्लाह सहित औषधि वितरण गरिएको न्यौपानेले बताउनुभयो ।

 
जिल्ला अस्पताल बैतडीकै आयोजनामा भाली र पर्सि (२६ र २७ गते) शिगास गाउँपालिका स्थित गॉजरी स्वास्थ्य चौकिमा नाक, कान, घॉटी रोग, हाड जोर्नि तथा नसा रोग, बाल रोग, सामान्य चिकित्सा तथा दाँत तथा मुख रोग सम्बन्धि विशेषज्ञ शिविर सञ्चालन हुने जिल्ला अस्पतालका सूचना अधिकारी चन्द्रसिंह डवालले बताउनुभयो । 



जवाफ छाड्नुस्