यू-१९ विश्व कप छनौटमा सहभागी क्रिकेटर बोहरालाई दशरथचन्द नगरपालिकाको सम्मान

२८ फाल्गुन २०७९ संवाददाता 613

बैतडी- आईसीसी यू–१९ विश्वकप छनोटमा सहभागी भई पाँच खेलमा जीत हात पर्ने नेपाली टोलीमा सहभागि मध्येका एक खेलाडी दशरथचन्द नगरपालिका– २ देहिमाण्डौँका दिपक बोहरालाई दशरथचन्द नगरपालिकाले नगद २५ हजार सहित सम्मान गरेको हो । दशरथचन्द नगरपालिकाका नगरप्रमुख पुस्करराज जोशी (लख्खाभाई) ले बोहरालाई नगरपालिकामा सम्मान गरेका हुन् । 

 
अन्र्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागि भई दशरथचन्द नगरपालिकाको नाम रोसन गरेको भन्दै उनलाई सम्मान गरिएको हो । आगामी दिनमा पनि बोहरालाई दशरथचन्द नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेलाई २५ हजार सहित सम्मान गरेका छौँ, आगामी दिनमा पनि यस्ता खेलाडीलाई दशरथचन्द नगरपालिकाले सम्मान र आर्थिक सहयोग समेत गर्ने छ ।’

 
यूएइमा सम्पन्न ६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली बन्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुगेको हो । नेपालले सबै पाँच खेलमा जित हात पारेको थियो । 



जवाफ छाड्नुस्