सुप विश्वविद्यालय अन्र्तगत बैतडीका तीन क्याप्सनमा भोली निर्वाचन

०७ चैत्र २०७९ संवाददाता 283


बैतडी-
सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत आंगिक तथा सम्बन्धन प्राप्त बैतडीका तीन क्याम्पसहरुमा भोली (बुधबार) स्ववियु निर्वाचन हुँदैछ । 
 
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसका रुपमा रहेका जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी, पाटन बहुमुखी क्याम्पस पाटन र मणिलेक क्याम्पस काँडा मेलौलीमा भोली स्ववियु निर्वाचन हुने छ । 
 
यसअघि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त जिल्लाका ४ ओटा क्याम्पसमा आइतबार स्ववियु निर्वाचन भएको थियो । बैतडी शिक्षा क्याम्पसमा भने विवादका कारण निर्वाचन हुन सकेको छैन् । 
 
जगन्नाथ बहुमुखी क्याम्पसको सभापतिका लागि दुई जना चुनावी मैदानमा रहेका छन् । नेविसंघबाट धनी भट्ट र अनेरास्ववियुबाट योगेश मौनी सभापति पदका उम्मेदवार रहेका निर्वाचन समिति संयोजक गणेश नेगीले बताउनुभयो । जगन्नाथ बहुमुखी क्याम्पसमा १ सय ८९ जना विद्यार्थी मतदाता रहेका छन् । 
 
यस्तै पाटन बहुमुखी क्याम्पसको सभापतिका लागि तीन जना चुनावी मैदानमा रहेका छन् । नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलबाट नेविसंघकी भागरथी भट्ट, अनेरास्ववियुका निराजन पन्त र एकीकृत स्वतन्त्र विद्यार्थी युनियनका अमरप्रसाद भट्ट सभापति पदका उम्मेदवार रहेका छन् । यो क्याम्पसमा २ सय ७५ जना विद्यार्थी मतदाता रहेका निर्वाचन समिति संयोजक फणेन्द्र अवस्थीले बताउनुभयो ।  
 
यस्तै मणिलेक क्याम्पस मेलौलीमा सभापति पदका लागि दुई जना चुनावी मैदानमा रहेका छन् । नेविसंघका तर्फबाट नवराज भट्ट, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलबाट अनेरास्ववियुका धनीदत्त भट्ट सभापति पदका उम्मेदवार रहेका छन् । यो क्याम्पसमा १२० जना विद्यार्थी मतदाता रहेका निर्वाचन समिति सदस्य दिपक भट्टले बताउनुभयो । 
 
बैतडी शिक्षा क्याम्पस शाहीलेकका भने निर्वाचन अनिश्चित छ । 



जवाफ छाड्नुस्