बैतडीकाे मणिलेक क्याम्पस नेविसंघका भट्टकाे प्यानल निर्वाचित

०८ चैत्र २०७९ संवाददाता 238


बैतडी-
सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत बैतडीको मणिलेक क्याम्पस मेलौलीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका नवराज भट्ट प्यानलसहित विजयी भएका छन् । नेविसंघका भट्टले ७० मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका धनीदत्त भट्टले ४४ मत ल्याएका छन् । 
 
मणिलेक क्याम्पसमा नेविसंघ विरुद्ध अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए । 
 
यस्तै सचिवमा नेविसंघकै निरज भट्ट ६८ मत ल्याएर विजयी भएका छन्, भने संयुक्त प्यानलकी मीना भट्टले ४३ मत ल्याएकी छिन् । 
 
यस्तै कोषाध्यक्षमा नेविसंघकी सुशीला नेगी विजयी भएकी छिन् । नेगीले ७१ मत ल्याइन् भने उनका निकटम् प्रतिस्पर्धी संयुक्त प्यानलकी सावित्री पार्कीले ४० मत ल्याइन् । 
 
यस्तै सदस्यहरुमा नेविसंघका दिनेशसिंह साउँद ६६ मत, पूजा चन्द ७२ मत, सुनिता भट्ट ६७ मत र मनोजदत्त ओझा ७१ मत ल्याएर विजयी भएका छन् । 
 
मणिलेक क्याम्पसमा १२० जना विद्यार्थी मतदाता रहेका निर्वाचन समिति संयोजक गगनराज पाण्डेयले बताउनुभयो । 



जवाफ छाड्नुस्