बैतडीकाे गजन्नाथ बहुमुखि क्याम्पसमा नेविसंघको प्यानल विजयी
०८ चैत्र २०७९
संवाददाता
207

बैतडी- सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत रहेको बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेवि संघका धनी भट्टसहित प्यानलै विजयी भएको छ ।
सभापतीमा भट्टले १२० मत ल्याउदा उनका प्रतिद्धन्द्धी अनेरास्ववियका योगेश मौनीले ३६ मत मात्रै ल्याए ।
सचिवमा नेविसंघकै किशोरराज पन्त ११८, कोषाध्यक्षमा ममता भट्ट, ११०, सदस्यमा पनि नेविसंघकै गिता बोहरा, ललिता चन्द, र विन्दु कुमारी बडु विजयी भएका छन्।