भीम रावलसँग संवाद गर्न एमालेले बनायो समिति

१८ चैत्र २०७९ संवाददाता 165


काठमाडौं-
नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावलसँग वार्ता गर्न समिति बनाएको छ। 
 
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे। 
 
समितिमा पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा रहेका छन्। समितिले रावलसँग छलफल गरेपछि उनलाई पार्टीमा आवश्यक जिम्मेवारी दिने विषयमा निर्णय गरिने गुरुङले बताउनुभयाे। 
 
दशौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेयता रावल एमालेमै रहे पनि सक्रिय छैनन्। उनले आफूलाई पार्टीले कुनै जिम्मेवारी नदिएको बताउँदै आएका छन्। 



जवाफ छाड्नुस्